झापा, २० भदौ २०८२ । झापाको कमल गाउँपालिका वडा नं ५ पाडाजुँगी चोकमा लागूऔषध बिक्री गरिरहेको अबस्थामा तीनजना पक्राउ परेका छन् ।
गएराति ८ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ बिराटनगर –८ घर भई हाल दमक –८ बस्ने ३१ वर्षीय भोला अमात राय , भारत बिहार ठाकुरगंज–५ घर भई हाल दमक –८ किरात चौक बस्ने २० वर्षीय आलम खान र दमक –७ सुकुम्बासी टोल बस्ने २८ वर्षीय राजीव मण्डललाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्लाष्टिकबाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






