काठमाडौं, १८ भदौ २०८२ । संसदीय सुनुवाइ समिति ९संयुक्त०को सभापति पदमा भदौ २० गते निर्वाचन हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शुक्रबार निर्वाचन हुने जानकारी गराइएको हो ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । रिक्त पदमा शुक्रबार निर्वाचनको तय भएको हो ।






