Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठ्माडौं, १६ भदौ २०८२ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउँदै निजी विद्यालयहरूले विद्यालय बससहित विरोध र्‍याली निकालेका छन् । निरन्तर आन्दोलनमा रहेको प्याब्सन,नेशनल प्याब्सन,हिसान, अपेन र एनएमएले संयुक्त रूपमा सोमबार काठमाडौंमा विद्यालय बसमा कालो झण्डा राखेर बससहितको र्‍याली निकालेका हुन् । भदौ १८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने उनीहरको चेतावनी छ ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा रहेका केहि प्रावधानहरू अव्यवहारिक र अन्यायपूर्ण रहेकाले उक्त प्रावधान हटाउनु पर्ने निजी विद्यालय सञ्चालकको माग छ ।

पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने,कम्पनी ऐनअनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने लगायतका माग उनीहरूले राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया