Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

१६ भदौ २०८२ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत निर्यात भएका हुन्। एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैँची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर२६ करोड ८७ लाख, अम्लिसो आठ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा ६ करोड १० लाख, बन्दा चार करोड सात लाख, मसुरो दाल रु दुई करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ। सूचना अधिकारी थापाका अनुसार यो अवधिमा पूर्वी नाकाबाट एक अर्ब ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषिजन्य सामग्री आयात भएको छ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै र पशुदानालगायत छन्।रासस

तपाईको प्रतिक्रिया