Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

झापा, ९ भदौ २०८२ । १६ वर्षीया नाबालिकालाई जंगलमा सामूहिक बलात्कार गर्ने कचनकवलका दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँ बस्ने ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरुले पाथीभरा सामुदायिक वनमा लगी ललाई फकाई तथा डरत्रास देखाई नाबालिकालाई जवरजस्ती करणी गरेका थिए ।

हिजो दिउँसो नाबालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली खटिएर खत्री र तामाङलाई नियन्त्रणमा लिएको हो । दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया