Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

झापा, ६ भदौ २०८२ । झापाको गौरीगञ्जबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-८ बस्ने ३० वर्षिय मनिक मण्डल र दमक नगरपालिका९- धरना टोल बस्ने २९ वर्षिय डिकेश मुण्डा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज १२ बजेको समयमा गौरीगञ्ज गाउँपालिका-२ कोरोबारी परेवाखोपी स्थितमा दक्षिण आपगाछीबाट पुर्व तुलाचन चौक तर्फ आउदै गरेको प्र.१-०१-०१३ प ७०९२ नम्बरको मोटरसाईकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार डिकेश मुण्डाको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर २ ग्राम ७५० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मनिक मण्डल र उनिहरुले प्रयोग गरिरहेको उक्त नम्बरको मोटरसाइकल समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कायाृलय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया