Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठमाडौं, ३० साउन २०८२ । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई जिम्मेवारी दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गौतमलाई पार्टीमा जिम्मेवारी दिइएको हो।

गौतमले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन्। उनलाई पार्टीको तेस्रो वरीयतामा राखिएको एकीकृत समाजवादीले जनाएको छ।

यस्तै गौतमको एकता अभियानबाट आएकाहरूलाई पनि एकीकृत समाजवादीमा जिम्मेवारी तोकेको छ। डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।

यस्तै भगवती विष्ट, मोहम्मद शेर बागवान, राम प्रसाद अधिकारी, दुर्गादत्त भण्डारी, विद्या प्रसाद शर्मा, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम र तोफा यादवलाई केन्द्रीय सदस्य बनाइएको छ।

गौतमको शपथ ग्रहण सकिएपछि एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।बैठकमा गौतम पनि सहभागी भएका छन्।

 

तपाईको प्रतिक्रिया