काठमाडौं, १९ साउन २०८२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिलाकुमार सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव पेशल ढकालले जारी गरेको विज्ञप्ति अनुसार सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत काम गरेको पाइएकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी उनलाई निष्कासन गरिएको जनाइएको छ ।
सिंह जसपा नेपाल समाजवादी महिला संघकी केन्द्रीय उपाध्यक्ष समेत थिइन् ।






