Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, १४ साउन २०८२ । अर्काको नामको जग्गा पास गरेर लिइसकेपछि २०लाख रुपैयाँ नदिएर ठगी गर्ने झापा कन्काई नगरपालिकाकी एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा न ७ वस्ने २२ वर्षीया देवीमाया राजवंशी रहेकी छन् । साउन १२ गते साँझ ६ बजे उनको आफ्नै घर कन्काई ७ दुर्गापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजवंशीले अनिता न्यौपाने क्षेत्रीको नाममा दर्ता रहेको साविक सुरुङ्गा गा।वि।स।वडा नं। ५ को कि।नं। १५८ को १४ धुर जग्गा जम्मा मोल रु।३२ लाख ८२ हजार कायम गरी खरिद गर्ने मौखिक सहमति गरेकी थिइन् ।

राजवंशीले क्षेत्रीका नाममा एन।आई।सी। एसिया बैंक चारपाने शाखामा भएको ऋण १२ लाख ८२ हजार रुपैयाँ बैंकमा गई तिरिदिने र बाँकी २० लाख रुपैयाँ जग्गा राजीनामा पास गरिदिएको बखत चुक्ता गर्ने गरी उनीहरुबीच मौखिक सम्झौता भएको थियो । जसअनुसार धितोमा रहेको उक्त जग्गा राजवंशीले १२ लाख ८२ हजार रुपैयाँ तिरेर फुकुवा गरिदिएकी थिइन् । जग्गा राजीनामा गर्दाका वखत खरिद तथा विक्री गर्ने पक्षवीच २० लाख थैली राखी जग्गा पास गर्ने सहमति भएकोमा राजवंशीले आफ्नो एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको खाता नं। ००४०१२०००७४६४१००००० को चेक नं। ०००५०१६७४६७५०२ मा रु।२० लाखको चेक काटी सोही चेक देखाइ जग्गा राजीनामा पास गराएकी थिइन् ।

जग्गा नामसारी गरेर फर्किने क्रममा राजवंशीले क्षेत्रीबाट ‘चेकमा हस्ताक्षर मिलेन केही दिनमा अर्को चेक काटी दिन्छु ’भनी फकाइ उक्त चेक च्यातिदिएकी थिइन् । त्यसपछि पटक पटक अर्कों चेक माग्दा नदिइ राजवंशीले ठगी गरेकी थिइन् । झापा जिल्ला अदालतवाट राजवंशीको हकमा ठगी सम्बन्धी कसूरमा साउन १३ गते ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया