Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

बुटवल, ९ साउन २०८२ । लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित भएका छन् । चार बुँदे मागसहित आन्दोलनमा उत्रिएको युनियनले आज कालोपट्टी बाँधेर विरोध गरेको हो ।

युनियनले सञ्चित बिदा, कोषभत्ता, महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेको छ । यस्तै, उमेरहद लागु नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट करारका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग युनियनले राखेको छ । युनियनले सबै कर्मचारीलाई स्थायी गर्न पनि माग गरेको छ ।

आन्दोलनका कार्यक्रमअनुसार, युनियनले आज कालोपट्टी बाँधेर आन्दोलन गरेको छ । साउन १२ गते पेनडाउन गर्ने र सोही दिन अपराह्न ४ बजेसम्म कोषका सबै गाडी कोषको परिसरमा थन्क्याउने युनियनको भनाइ छ ।

त्यसैगरी, साउन १३ गते कोषको प्रधान कार्यालय र आवास क्षेत्रमा तालाबन्दी गरिने युनियनका अध्यक्ष अब्दुल वाफा मुसलमानले बताएका छन् ।

तपाईको प्रतिक्रिया