Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

सिरहा, ९ साउन २०८२ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार (साउन ८) बेलुका भाइले खुकुरी प्रहार गर्दा दाइको मृत्यु भएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्ट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदामाथि खुकुरी प्रहार गरेका हुन् ।

छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका निम्ति लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहका अनुसार, घटनापछि आरोपित श्याम फरार छन् । उनको खोजी भइरहेको छ ।

शव परीक्षणका निम्ति अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।रासस

 

तपाईको प्रतिक्रिया