Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौं, २२ असार २०८२ । विद्युतीय चुरोट (भेप) सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती-११, घर भई हाल भक्तपुर मध्यपुर थिमि-१, लोकन्थली बस्ने २८ वर्षीय विशाल तामाङलाई ४ हजार ८३० वटा भेपसहित प्रहरीले पक्राउ गरेको हो ।

बा. ९ च. ८७३४ नम्बरको मारुती सुजकी भ्यानमा बोकेर ल्याउँदै गरेको अवस्थामा उनलाई भेप सहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उनलाई राजस्व छली सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया