काठमाडौं, २२ असार २०८२ । प्रहरीले मोरङको रंगेली नगरपालिका वडा नम्बर–८ मा गोली चलाएर ३ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो कारोबारीलाई पक्राउ गर्ने क्रममा १ राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
प्रहरीले भारतीय नागरिक ४५ वर्षीया हसिना खातुन, रंगेली घर भएकी ३८ वर्षीय सुशील बुढाथोकी र ५४ वर्षीय कृतानन्द ठाकुर छन् ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले आरोपीहरूको साथबाट ४ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।






