Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १९ असार २०८२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमबीबीएससम्म पढाउने जिम्मा लिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी श्रेष्ठ गत शुक्रबार प्रकाशित एसईईको नतिजामा ४ जीपीए ल्याएकी थिइन् ।

भविष्यमा डाक्टर बन्न सपना साँचेकी उनको आर्थिक अवस्था कमजोर भएको थाहा पाएसँगै गुरुङले एमबीबीएससम्मै पढाउने जिम्मा लिएका हुन् । बिहीबार उनलाई भेटेर गुरुङले पढाउने जिम्मा लिएका हुन् ।

चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनी सानैदेखि बाबुआमाले काम गर्ने इँटाभट्टामा हुर्किएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया