Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

झापा, १९ असार २०८२। झापाको बिर्तामोडमा एक पसलमा आगलागी भएको छ । हिँजो (बुधबार) राती अन्दाजी ११:३० बजेको समयमा बिर्तामोड नगरपालिका-५ कृषि थोक बजारभित्र रहेको सोही ठाउँ बस्ने पप्पु कुमार साहले संचालन गर्दै आएको श्रीयान्स किराना स्टोरमा बिद्युत सर्ट भइ आगलागी हुँदा पसलभित्र रहेको बिभिन्न किराना सरसामानहरु आंशिक रुपमा जली अन्दाजी १ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो आगलागी पुर्ण रुपमा नियन्त्रण भएको भनि आज बिहान ८:३० बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटी गई अनुसंधान एव मुचुल्का कार्य गरिएको जनाइएको छ । आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया