Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौं, १५ असार २०८२ । अब ऋण लिन बैंक जानुपर्ने झन्झट हट्ने भएको छ। ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर रु। ५ लाखसम्मको तत्काल लोन सहजै प्राप्त गर्न सक्ने सुविधा फोनलोन मार्फत उपलब्ध भएको हो । फोनलोनको माध्यमबाट ग्राहकहरूले जुनसुकै स्थानबाट, बिना कागजात र बिना धितो, पाँच लाख रुपैयाँसम्मको लोन लिन सक्नेछन्।

सानो वा ठूलो व्यक्तिगत आवश्यकता वा इच्छाको पूर्तिका लागि आर्थिक सहयोग चाहिएको बेला यो सेवा निकै उपयोगी हुने कम्पनीको भनाइ छ। छिटो, सुरक्षित र झन्झटरहित प्रक्रियाबाट लोन प्राप्त गर्न सकिने यो प्रणाली हाल कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंकमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

मासिक किस्तामा सहजै तिर्न मिल्ने सुविधा रहेको फोनलोन सेवा प्रयोग गर्न ग्राहकले आफ्नै योग्यता जाँच गरेर सम्बन्धित पार्टनर बैंकको मोबाइल एपबाटै आवेदन दिन सक्नेछन्।
यसबारे थप जानकारी foneloan.com वेबसाइटमा गई लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया