Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, १४ असार २०८२ । झापाको अर्जुनधारा नगरपालिका-१० कालिस्थानमा आगलागी हुँदा करिब ४ लाख ५० हजारको क्षति भएको छ । हिजो साँझ ५:२५ बजे गणेश चौलागाईको ग्वालीमा अचानक आगलागी भएको हो ।

आगलागीबाट ग्वाली र ग्वालीभित्र रहेका धान, मकै, कुटी काट्ने मेसिन, काठपात, घरनजिकै रहेको परालको कुन्यू र एउटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ अस्थायी प्रहरी पोस्ट सालवारिबाट प्रहरी टोली खटिएर स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ६ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया