Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, १४ असार २०८२ । झापाको कन्काईमा करेन्ट लागेर गाई मरेको छ । आज बिहान ९ः२५ बजे कनकाई नगरपालिका वडा नं. ५ बियर फ्याक्ट्रीनजिक पानी परिरहेको अवस्थामा सोही ठाउँ बस्ने देवु मण्डलको सेतो रंगको गाई बाटो छेउमा घाँस चर्ने क्रममा बिजुलीको पोलबाट अचानक करेन्ट प्रवाह भई गाईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गाई घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।

गाईधनीले इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनसाथ प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया