Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

जेबि खड्का
गौरादह, १३ असार २०८२ । गौरादह नगरपालिका वडा नं.२ का स्थानीय बासिन्दाले वडा भित्र रहेका प्रमुख समस्यालाई पहिचान गरि योजना बनाउन सुझाव दिएका छन। वडा नं.२ को वडा कार्यलयले आयोजना गरेको वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा भित्रका वडा बासिले स्थानीय सरकारलाई वडाको प्रमुख समस्या पहिचान नगरि योजना बनाउदा केही ब्याक्ती लाभान्वित भएपनि समग्र वडा बासिले सास्ती खेप्नु परेको जानकारी गराएका छन।

जनप्रतिनिधिले वडा भित्रबाट वडाबासिका समस्यालाई बुझेर त्यसलाई समाधान निकल्न सक्ने गरि वडास्तरीय योजना बनाउन सुझाव दिएका छन। सानातिना जनताबाट समाधान हुन सक्ने कार्यक्रममा वडा स्थानीय सरकार नअलमली जनताबाट समाधान हुन नसक्ने कार्यक्रमलाई आगामी योजनामा समेट्न सुझाव दिएका छन।

अधिकांश वडा बासिले वडा भित्रका मुख्य सडकमा बालिएका सडक बत्ती नबल्दा चोरीहुने सम्भावना बढेको धारणा राखेका थिए। वडा बासिले सडक बत्ती जडान, मर्मत र महसुलको बिषयमा स्थानीय सरकारको धारणाका बारेमा जिज्ञासा राखेका थिए। लेख कृष्ण घिमिरेले चैते धानको बीउ खरिद देखि बिक्री गर्दा समेत किसानले सास्ती बेहोरेको जानकारी गराएका थिए। सुदिप खड्काले वडा कार्यलयबाट वडा बासिलाई बितरण गरिएका सामग्रीहरु सदुपयोग भएनभएको अनुगमन हुनुपर्ने धारणा राखेका थिए। पुर्ब वडाध्यक्षसमेत रहेका खगेन्द्र गिरीले वडा नं.२ मा मुख्य सडक निर्माणकार्य प्राथमिकतामा नपरेको र किसानले सिचाइ महसुल पुर्ण छुट पाउनुपर्ने धारणा राखेका थिए। पत्रकार बेणु प्रसाद अधिकारीले वडा नं.२ मा संघीय र प्रदेश सरकारको बजेट नपर्दा बिकास निर्माण ओझेलमा परेको धारणा राखेका थिए।

होम प्रसाद उप्रेतीले चैते धान पाकिसकेपछि धान काट्ने मेसिन किसानका घर आँगनमा आईपुग्दा बिचौलिया हावी हुदा किसान मारमा परेको धारणा राखेका थिए। भोला पोख्रेलले मापदण्ड नपुगेका सडकमा समेत स्थानीय सरकारले बजेट बिनियोजन गरेकोमा आपत्ति प्रकट गरेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रमका सभापति समेत रहेका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले वडा बासिका जिज्ञासाका जवाफ दिएका थिए। वडाध्यक्ष कोईरालाले वडा बासिको जिज्ञासाको जवाफ दिदै वडा नं.२ लाई समृद्ध वडा बनाउने लक्ष्य लिएर अगाडि बढेको बताएका थिए। वडाबासिका समस्या पहिचान गर्दै रचनात्मक सुझाव लिन सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको धारणा राखेका थिए। वडाको बिकासका लागि जनप्रतिनिधिको मात्र प्रयासले संभव नहुने भएकाले वडा बासिको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए।

वडा सदस्य शंकर कट्टेलले चालू आर्थिक बर्षमा वडा भित्र भएका बिकास निर्माणका कामको जानकारी गराएका थिए। कट्टेलले वडा सिलिङ बजेट कम भएपनि नगर स्तरीय र प्रदेश स्तरको बजेटबाट सम्पन्न भएका र काम भईरहेको योजनाका बारेमा जानकारी गराएका थिए। वडा सचिब दिपा दाहालले चालू आर्थिक बर्षमा प्रशासनिक काममा विभिन्न शिर्षकबाट भएका राजस्व संकलनको जानकारी गराएकी थिईन।

तपाईको प्रतिक्रिया