मोरङ, ११ असार २०८२ । मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । लागूऔषध कसूरमा कैदी जीवन बिताइरहेका सुनवर्षी नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय उमेश दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो आउने, दुवै खुट्टा सुन्निने समस्या भएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल बिराटनगरमा भर्ना गरिएको थियो । थप उपचारको लागि असार ३ गते साँझ ७स३० बजे बिराट टिचिङ अस्पताल गंगाचोकमा लगि भर्ना गरी उपचार भइरहेकोमा हिजो साँझ ७:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
लागूऔषध कसूरमा गत पुष ४ गतेबाट ५ बर्ष २ महिना र ७ हजार रुपैयाँ जरिवाना तोकी उनले कैद भुक्तान गरिरहेका थिए ।






