इलाम, १० असार २०८२ । पहिरो खसेर इलाममा बाटो अबरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इलाम सन्दकपुर गाउँपालिका– ७ सुलुबुङमा पहिरो खसेर बिब्ल्याटे बजारदेखि जौबारी जोड्ने भित्री कच्ची सडकखण्ड अबरुद्ध बनेको हो ।
स्थानीयले आज बिहान प्रहरी चौकी जमुनामा जानकारी गराउनसाथ प्रहरी वरिष्ठ हवल्दार लक्ष्मण वस्नेतको कमाण्डमा प्रहरी टोली खटिएको छ । बाटो खुलाउन स्थानीय जनप्रतिनिधिहरुसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।






