Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

मोरङ, ८ असार २०८२ । मोरङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः३० बजे मोरङ धनपालथान गाउँपालिका –७ कदमाहा टोल बस्ने बिजय शर्माका छोरा ८ वर्षिय ऋषि शर्माको आफ्नै घरनजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बालक डुबिरहेको अबस्थामा आफन्तले देखेर पोखरीबाट बाहिर निकाली घरमा ल्याई राखेका थिए ।

प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली गएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया