काठमाडौं, ८ असार २०८२ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित क्यान्टिनमा काम गर्दा लडेर घाइते भएका कामदारको उपचार भइरहेको छ । क्यान्टिन मर्मतको क्रममा काभ्रे घर भएका दीपेश तामाङ घाइते भएका हुन् ।
२८ वर्षीय तामाङको सिभिल अस्पतालमा उपचार हुँदैछ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनको छाती, टाउको र बायाँ हातमा चोट लागेको छ ।






