Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, २ असार २०८२ । आज सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको हो। ३१८ कम्पनीको ३ करोड ३६ लाख ३३ हजार कित्ता सेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छ।

यसदिन होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। होटल तथा पर्यटन समूहको ४.६९ प्रतिशत बढेको हो। २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्।

बैंकिङ, विकास बैंक, लाइभ इन्स्योरेन्स, माइक्रोफाइनान्स, मेचुअल फन्ड, नन लाइभ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढेको छ। फाइनान्स, हाइड्रोपावर, इनभेस्टमेन्ट, म्यानुफ्याक्चरिङ र अदर समूहको उपसूचक घटेका छन्। कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ। यस कम्पनीको

९५ करोड १६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकममा आधारमा ङादी ग्रुप पावर दोस्रो र बुटवल पावर कम्पनी तेस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया