झापा, १ असार २०८२ । झापाको हल्दिबारीमा दाउ प्रहारबाट एक जना घाइते भएका छन् । हिँजो (शनिबार) राती १० बजेको समयमा हल्दिबारी गाउँपालिका-३ कुनाबारी बस्ने २८ वर्षिय समिर गुरुङलाई हल्दिबारी-१ बस्ने २६ वर्षिय दावा गुरुङले दाउ प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दावा गुरुङले के-कुन कारण एक्कासी समिर गुरुङलाई दाउ प्रहार गरि घाइते बनाएको त्यस बारेमा केही खुल्न सकेको छैन । घाईते समिर गुरुङलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ । दाउ प्रहार गर्ने दावा गुरुङलाई नियन्त्रणमा लिई मुलुकि अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






