Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, ३० जेठ २०८२ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेयता पहिलो पटक झापामा संक्रमण देखा परेको छ । बिर्तामोड–५ की ५२ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । हिजो बिर्तासिटी अस्पतालमा परीक्षण गराउँदा ती महिलाको रिपोर्ट पोजिटिभ आएको प्रहरी स्रोतले जनाएको छ । ती संक्रमित महिला घरमै आइसोलेसनमा बसिरहेकी छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। ती महिलालाई कसरी सर्यो भनेर खुल्न सकेको छैन ।

यसअघि कोरोना संक्रमणबाट झापामा २८ हजार ९०८ जना संक्रमित भएका थिए । त्यसमध्ये ६७२ जनाको मृत्यु भएको थियो । झापामा १ लाख ३८१ जनालाई पीसीआर टेस्ट र ४२ हजार ४१० जनालाई एन्टीजेन टेस्ट गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया