Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, २४ जेठ २०८२ । आउँदो बुधबार (जेठ २८) देखि देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । बिहीबार (जेठ २९) देखि ‘वर्षाले राम्रै गति लिने’ मौसमविद्ले बताएका छन् ।

त्यसअघि अर्थात् अबका तीन दिन भने गर्मी बढ्ने अनुमान छ । “नेपालमा अझै तीन दिनसम्म गर्मी बढ्ने र मंगलबारदेखि पूर्वी भेगमा वर्षा सुरु हुने देखिन्छ,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले शनिबार (जेठ २४) दिउँसो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

असार १ गतेसम्म मनसुन देशभरि फैलिएर केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उनले उल्लेख गरेका छन् । “बुधबारदेखि हल्का वर्षा अधिकांश ठाउँमा हुने र बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराऊला,” उनले लेखेका छन् ।

सरदर मिति (जुन १३) भन्दा १५ दिनअगावै नेपाल भित्रिएको मनसुन अझै कोसी प्रदेशमा स्थिर छ । त्यहाँबाट अघि नबढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया