झापा, २३ जेठ २०८२ । झापामा केहि दिन अघि नेपाली नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले उक्त नक्कली नोट आफैले छपाई गरेको बताएका छन् । अनुसन्धानको क्रममा उनले नक्कली नोट आफैंले छपाई गरी चलन गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तेह्रथुम फेदाप गाउँपालिका-५ साविकको ओयाक्जुङ घर भई झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरमा घर भाडामा बस्दै आएका २८ वर्षिय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित यहि जेठ १८ गते पक्राउ परेका थिए । भारतीलाई मेचिनगर नगरपालिका-६ काँकरभिट्टा स्थित रहेको नेपाल बैंक अगाडि शंकास्पद तरिकाले हिडडुल गरिरहेको अवस्थामा देखेपछी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई चेकजाँच गर्दा उनको साथबाट १ हजार दरको नेपाली नक्कली नोट १ लाखसहित फेला पारी मुलुकि फौजदारी संहिता २०७४ अन्तर्गत खोटाचलन कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको थियो ।
पक्राउ परेका भारतीले नक्कली नोट आफुले छपाई गरेको बताएपछी हिँजो (बिहिबार) दिउँसो ४ः३० बजेको समयमा प्रहरी निरीक्षक राज कुमार कार्कीसमेतको अनुसन्धान टोली उनि बस्ने डेरामा तलासी लिँदा विभिन्न दरका नेपाली नक्कली नोट ५ लाख ३० हजार ६ सय ८०, नक्कली नोट छाप्ने गरेको मेसिन १ थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रंग लगायतका प्रमाणहरु बरामद गरिएको जनाइएको छ ।
बरामद दसीका सामानहरुः
१००० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा ४७० थान, ४,७०,०००।– (चारलाख सत्तरी हजार)
५०० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा २८२ थान, १,४१,००० (एक लाख एकचालिस हजार)
१०० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा १९०थान, १९,०००।– (उन्नाईस हजार)
५० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा १२ थान,६००। (छसय) ।
२० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा ४ थान, ८० (असी)
प्रिन्टीङ मेसिन १ थान
मोवाईल ३ थान
कैची १ थान
नोट बनाउन प्रयोग भएको कागज कपी २ थान ।
नोट बनाउन प्रयोग गरेको बिभिन्न प्रकारको रंगको खाली वट्टा ४ थान






