Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २१ जेठ २०८२ । खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–६ का ३२ वर्षीय अर्जुन गुरुङ छन् । उनले आफ्ना छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

२१ जेठ राति पौने १ बजे फक्क्तालुङ गाउँपालिका–३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र तेजेन्द्रकी श्रीमती सरिता लिम्बुबीच सामान्य विवाद भएको थियो ।

फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनीहरूकै घर पठाएकोमा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ–९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

 

तपाईको प्रतिक्रिया