विराटनगर, १५ जेठ २०८२ । सरकारले चिनीको भन्सार शुल्क घटाएको छ। यसअघि ३० प्रतिशत रहेको भन्सार शुल्क घटाएर पन्ध्र प्रतिशतमा झारिएको हो। सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने भन्दै आयात हुने चिनीमा भन्सार बढाइएको थियो।
यससँगै नेपाली बजारमा चिनीको भाउ घट्ने देखिएको छ। हाल प्रतिकेजी चिनी करिब एक सय १० रूपैयाँमा बिक्री भइरहेको छ।
अहिले नेपालमा दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुन्छ। हाल नेपालमा एक लाख ८० हजार मेट्रिक टन हाराहारी चिनी उत्पादन हुन्छ।
गत साउनदेखि वैशाखसम्ममा एक अर्ब ४४ करोड रूपैयाँ बराबरको दुई करोड २५ लाख मेट्रिक टन चिनी आयात भएको छ।
भारतबाहेक अन्य मुलुकबाट पनि अवैध रूपमा चिनी आयात हुन्छ।






