Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

काठमाडौं, १५ जेठ २०८२ । कास्की जिल्लाको पोखरा महागनरपालिका–२५ हेम्जा स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ ।

जिल्लाको माछापुछ्रे गाउँपालिका–६ बस्ने १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएर सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवैजनाको शव २० फिट गहिराइबाट बाहिर निकालेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया