Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १० जेठ २०८२ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान थालेको छ । शनिबार (जेठ १०) काठमाडौंको जमल क्षेत्रबाट समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो ।

कार्यक्रममा उक्त समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेता सहभागी भए ।

अभियानक्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्यसहितको बहुदलीय प्रजातन्त्र कायम गर्नेलगायत आन्दोलनका लक्ष्यबारे जनतासँग साक्षात्कार गरिने समितिले जनाएको छ ।

यही जेठ १५ गतेदेखि सुरु गर्ने भनिएको आन्दोलनमा सहभागिताका निम्ति आह्वानसहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । हिमालयन टेली भ्वाइस

तपाईको प्रतिक्रिया