काठमाडौं, ९ जेठ २०८२ । स्थानीय बजारमा सुन-चाँदीको मूल्य ओरालो लागेको छ। शुक्रबार सुनको मूल्य तोलामा ११ सय र चाँदी २० रुपैयाँले घटेको हो। नेपाल-सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।
बिहीबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो।
यसैगरी बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज २ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।






