Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, ८ जेठ २०८२ । भद्रपुरकी एक किशोरी बलात्कारपछि गर्भवती भएकी छिन् । भद्रपुर-५ मा डेरा गरी बस्दै आएकी अन्दाजी १७ वर्षीया किशोरी बलात्कारपछि गर्भवती भएको खुलेको छ । ती किशोरीको पेटमा आठ महिनाको बच्चा रहेको छ । घरमै हातखुट्टा सुन्निएर सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेका थिए ।

आज दिउँसो किशोरीको आफन्तजनले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् । उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । किशोरी भने अस्पतालमै उपचाररत रहेको जनाइएको छ । किशोरीलाई कसले, कहिले र कहाँ बलात्कार गरी गर्भ बोकायो भनेर अहिलेसम्म केही खुलेको छैन ।

 

तपाईको प्रतिक्रिया