Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

झापा, ७ जेठ २०८२ । झापाको बुद्धशान्तिमा जङ्गली भाले हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका-५ स्थित पाँच पोखरी सामुदायिक वनभित्र बुधवार दिउँसो १ बजे भाले (दँतार) हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्युको कारण नखुले पनि सो हात्ती लामो समयदेखि बिरामी रहेको बताइएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट पशु चिकित्सक पुरुषोत्तम मुरारीको टोली र डिभिजन वन कार्यालय भद्रपुरका वन अधिकृत सुरज निरौलासहितको टोली घटनास्थल पुगेर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टम पश्चात् मृत हात्तीलाई सोही स्थानमा खाल्डा खनी गाडिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया