Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, ७ जेठ २०८२ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बजार परिसूचक नेप्से ७.९४ अंकले घटेर २६६९.५१ विन्दुमा झरेको छ। मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर १६७७.४५ विन्दुमा पुगेको थियो।

नयाँ गभर्नर नियुक्ति भएपछि सेयर बजार बढ्ने लगानीकर्ताले अनुमान गरेका थिए। तर ,नवनियुक्त गभर्नरले पदभार लिएकै दिन आज सेयर बजार ओरालो लागेको छ। सरकारले मंगलबार डा।विष्णु पौडेललाई गभर्नर नियुक्त गरेको हो।

यसदिन ३१६ स्क्रिप्सको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ७ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।

यसदिन ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ७१ करोड मूल्य बराबरको सेयर कारोबार गरी राधी विद्युत शीर्ष स्थानमा रह्यो।

यसैगरी माउन्टेन इनर्जीको ५९ करोड,नगदी ग्रुपको ५७ करोड, युनिभर्सल पावरको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९३ स्टक्सको मूल्य बढ्दा १५३ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। तीन समूहबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

बैंकिङ,डेभलपमेन्ट बैंक र म्युचुअल फण्ड समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो।

 

तपाईको प्रतिक्रिया