Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठमाडौं, ७ जेठ २०८२ । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आज ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

तपाईको प्रतिक्रिया