Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

भैरहवा, ६ जेठ २०८२ । रुपन्देही प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ।

विद्युतीय अपराधसम्बन्धी कसूरको आरोपमा पालिका अध्यक्ष चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए।

पालिका अध्यक्ष चौधरीले जबरजस्ती करणी मुद्दामा पीडित र उनको परिवारको गोपिनियता भंग गरेको आरोप छ। उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो। अदालतले उनीविरुद्ध जेठ १ गते पक्राउ पूर्जी जारी गरेपनि उनी फरार थिए। प्रहरीका अनुसार आज उनी आफैं कार्यालयमा उपस्थित भएका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। चौधरी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए।

 

तपाईको प्रतिक्रिया