काठमाडौं, ५ जेठ २०८२ । देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा भएको छ । कास्की, रौतहट, सप्तरी र चितवनमा ‘धेरै भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टा (सोमबार अपराह्न ४ बजेसम्म) मा कास्कीमा १२०, रौतहटमा समान १२०, सप्तरीमा १०७ र चितवनमा १०० मिलिमिटर वर्षा भएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
यो अवधिमा देशका केही स्थानमा ‘भारी’ र ‘मध्यम’ वर्षा पनि भएको छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
यति बेला पनि काठमाडौंसहित केही स्थानमा पानी परिरहेको छ । पछिल्ला दिन देशका कतिपय स्थानमा झरीजस्तो वर्षा भएको छ ।
मौसमविद्का अनुसार, हाल प्रिमनसुन अवधि हो । प्रिमनसुनमा लामो समय वर्षा खासै हुँदैन । क्षणिक र खण्डित वर्षा हुने गर्छ । तर, पछिल्ला दिनको वर्षा ‘मनसुन टाइप’को छ । बिहान, दिउँसो, राति पनि पानी परिरहेको छ । केही समय रोकिए पनि फेरि वर्षा भइरहेको छ । अर्थात्, लामो समय पानी परिरहेको छ । तर, मनसुन सुरु भएको छैन । मनसुन सुरु नभईकनै झरीजस्तो अवस्था छ । आइतबार ९जेठ ४० काठमाडौंमा पनि करिब यस्तै भयो ।
प्रिमनसुनमा विशेष गरी स्थानीय वायुको प्रभाव रहन्छ । हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव छ । बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावा ९पानीको कणसहित०को पनि प्रभाव छ ।
सुरु भयो प्रिमनसुन: चल्छ हावाहुरी, हुन्छ गड्याङगुडुङ
“बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा भित्रिएर त्यसको पनि प्रभाव रहँदा वर्षाको सम्भावना बढी हुन्छ,” मौसमविद् अधिकारीले भने, “अहिले यी सबैका कारणले वर्षा भएको हो ।”
अंग्रेजी क्यालेन्डरका तीन महिना – मार्च, अप्रिल र मेलाई प्रिमनसुन अवधि मानिन्छ । देशमा सबैभन्दा धेरै पानी पर्ने मनसुन सिजनका करिब चार महिना – जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा हो । मनसुनपूर्वको अवधि हो, प्रिमनसुन ।
महाशाखाका अनुसार, प्रिमनसुनमा वार्षिक वर्षाको १२।५ प्रतिशत पानी पर्ने गर्छ । मनसुनमा ८०, पोस्ट मनसुनमा ४ र हिउँदमा करिब ३.५ प्रतिशत वर्षा हुन्छ ।
नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ हो । गत वर्ष सरदर मितिभन्दा तीन दिन छिटो अर्थात् जुन १० (जेठ २८) मा मनसुन नेपाल भित्रिएको थियो ।
हरेक वर्ष मनसुन सरदर मितिभन्दा ढिलो वा चाँडो पनि भित्रन र बाहिरिन सक्ने मौसमविद्ले बताउँदै आएका छन् ।
सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले बताए ।
उनका अनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरूरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।
बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ ।
यस्तै, विदेशस्थित नेपाली राजदुतावास, कुटनीतिक नियोग तथा वाणिज्य दुतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।
गृहसचिव दुवाडीकाअनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते संघीय सरकार र केन्द्रिय स्तरका कार्यक्रमहरु र प्रदेश तथा स्थानीय स्तरका कार्यक्रमहरु हुनेछ । जेठ १४ गते गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायतका जनचेतनामुलक कार्यक्रम हुनेछन् ।
राष्ट्रिय स्तरका छापा र सञ्चारमाध्यमलाई गणतन्त्र दिवसको अवसरमा विशेषाङ्क स्मारिका प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुपक्षिय आवाज उजागर गर्ने विभिन्न लेख, रचनाहरुको संगालो प्रकाशन गर्न अनुरोध गर्ने कार्यक्रम रहेको छ । दरबार स्क्वायर, मण्डला लगायतका स्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले बिगुलसँगै रिभ्याली बजाउने, तोप र बन्दुको बढाईं गर्ने कार्यक्रम छ । मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गर्ने कार्यक्रम छ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।






