झापा, ४ जेठ २०८२ । झापाको गौरीगञ्जबाट लागु औषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-३ फनपार्क बस्ने १९ वर्षिय मिङसो लिम्बु र कमल गाउँपालिका-५ बस्ने २२ वर्षिय सुजन तोलाङ्गी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिँजो(शनिबार) ४ः२० बजेको समयमा गौरीगंज गाउँपालिका-२ आपगाछि बजार स्थित भित्री सडक खण्डमा भारतबाट तुलाचन चौक तर्फ आउदै गरेको प्र.१-०२-०४३ प ८२०९ नम्बरको मोटरसाईकललाई प्रहरी चौकी कोरोबारी र बि.ओ.पी. लालमाटीको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले चेकजाच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार मिङसो लिम्बुको साथबाट प्लाष्टिक सहित ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाईकल र मोटरसाईकल चालक सुजन तोलाङ्गी समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






