Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

झापा, २५ वैशाख २०८२ । झापाको शिवसताक्षीमा धान खेतमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ९ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मनहरा बस्ने लुखिराम टुडूकी १५ महिनाको छोरी रोसिका टुडूको घरनिजकै रहेको खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो ।

डुबिरहेको अवस्थामा उनकी आमा कल्पना टुडूले देखेर पानीबाट निकाली हेर्दा बालिकाको मृत्यु भइसकेको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय शिवगंजमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानूनी प्रकृया गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया