काठमाडौँ, २५ वैशाख २०८२ । सत्ता सहकार्यका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबिच छलफल भएको छ । बिहीबार समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सहित गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा लगायत सहभागी छन् ।