Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, २५ वैशाख २०८२ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले घटेर ४४८.८९ विन्दुमा पुगेको छ। यसदिन ३१५ स्क्रिप्सको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर ११ अर्ब ६५ करोड ५० लाख १७ हजार ८५१ रुपैयाँमा खरिदबिक्री भए।

दोस्रो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्स,क्रेष्ट माइक्रो लाइफ,छ्यांदी हाइड्रोपावर र ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७८ करोड ४५ लाख मूल्य बढीको सेयर कारोबार भयो। सानिमा माइ हाइड्रोपावरले ६५ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा युनिलिभर पावरको ५७ करोड,राधी विद्युतको ४३ करोड र अपी पावरको ३८ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९६ स्क्रिप्सको मूल्य बढ्दा १५० वटाको घट्यो। ६ समूहको उपसूचक बढ्दा सातवटाको सूचक नकारात्मक देखिएका छन्। यसदिन फाइनान्सक समूहको उपसूचक सर्वाधिक ४.१६ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया