Online Bichar
सोमबार, बैशाख २९, २०८२ | Monday, May 12, 2025

झापा, २४ वैशाख २०८२ । सशस्त्र प्रहरीले झापामा स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले आज बिहान मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित मोरङ उर्लाबारी– ८ अठियावारीका ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा उनलाई सो रकमसहित पक्राउ गरिएको हो। बिहान करिब १०ः०५ बजे काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागेर चेकजाँच गर्दा ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ ९विनिमय दर अनुसार नेपाली रू। २३ लाख ९९ हजार ५२० बराबर० सहित कार्कीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद नगदसहित उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया