Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

झापा, २४ वैशाख २०८२ । लागूऔषध ब्राउनसुगरसहित कचनकवलका युवायुवती बिर्तामोडबाट पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-८ नारायण कृष्ण टोलस्थित कविता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल-७ का २६ वर्षीय खड्गसिंह माझी र सोही ठाउँकी २० वर्षीय मुस्कान भुजेल ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

मंगलबार दिउँसो ४ बजे कोठामा अवैध रुपमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएर चेकजाँच गर्दा भाडामा बसेको भुइँतलामा सुत्ने ओछ्यानको सिरानीमुनि प्लास्टिकसहित ६ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुबैलाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया