Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

झापा, २२ वैशाख २०८२ । झापाको कमलमा टिपर, कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आज (सोमबार) साँझ ५ बजेको समयमा कमल गाउँपालिका-५ पाडाजुँगी स्थित लोकमार्गमा दमकबाट पाडाजुँगी तर्फ जाँदै गरेको ना.१ क ७६७६ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको को १ च ७९६९ नम्बरको कार र सोही कार पछाडी आउँदै गरेको प्रदेश १-०१-०१६ प ४३९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी कार चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ६८ वर्षिय जीवन कुमार विश्वकर्माको (छातीमा चोट, अवस्था बोल्न सक्ने मध्यम), कारमा सवार इटहरी उपमहानगरपालिका-८ बस्ने ५३ वर्षिय राजु गहतराजको ( टाउकोमा चोट, दुबै खुट्टामा चोट, अवस्था बोल्न सक्ने मध्यम), कारमा पछाडी सवार सोही ठाउँ बस्ने ३१ वर्षिय भिम गहतराज (दाहिने खुट्टा भाँच्चिएको, अबस्था बोल्न सक्ने मध्यम) र मोटरसाइकल चालक कमल गाउँपालिका-६ बस्ने १८ वर्षिय सोहत भुजेल ( दाहिने खुट्टामा सामान्य चोट, अबस्था सामान्य) घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको जनाइएको छ ।

उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई तीन वटै सवारी साधन र टिपर चालक मोरङ बेलबारी नगरपालिका- ११ बस्ने ३२ वर्षिय अरुण कटुवाललाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया