Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

झापा, २२ वैशाख २०८२ । झापामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ बस्ने अन्दाजि ३५ वर्षिय अनिल लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिँजो (आईतबार) राती ९ बजेको समयमा भद्रपुर नगरपालिका-४ झापा चोक स्थितमा चन्द्रगढीबाट बनियानी तर्फ जादै गरेको प्र १-०१-०१२ प ९९३७ न. को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक दमक नगरपालिका-२ बस्ने २९ वर्षिय रबिन फुयललाई केही नभएको, सोही स्कुटी पछाडी सवार लिम्बुको टाउकोमा चोट लागेर गम्भिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा सोही रात ९:५० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटी र स्कुटी चालक जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ । सम्पुर्ण कानुनि प्रकृया पुरा गरि शवको पोष्टमार्टमका लागी सोही अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया