इलाम, २१ वैशाख २०८२ । इलाममा २३ वर्षीय युवकले ५८ वर्षीया महिलालाई बलात्कार गरेका छन् । गएराति अन्दाजी १२:१५ बजे इलाम देउमाई नगरपालिका ७ हाङदाङ घर भई माई नगरपालिका –१ तीनकुनेमा ज्याला मजदुरी गर्दै हिँड्ने २३ वर्षीय पुरपुरे भन्ने विनोद चेम्जोङ लिम्बूले ५८ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरी फरार भएका हुन् ।
घटनाबारे प्रहरी चौकी लोदिया दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।