Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

झापा, २१ वैशाख २०८२ । झापाको गौरादहबाट गोरुको मासुसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गौरादह –१ बस्ने २९ वर्षीय शंकर लिम्बू , सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन् ।

गएराति १ बजेतिर गौरादह नगरपालिका-१ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।गोरुको मासु बोरामा हाली लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरुले गौरादह –१ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटी मासु ल्याएको बताएका थिए । त्यसपछि लिम्बूको घरमा गई हेर्दा निलो प्लाष्टिक ओछ्याई बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष फेला परेको थियो ।

अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रतिदिनबाट

 

तपाईको प्रतिक्रिया