बिर्तामोड, २० वैशाख २०८२ । पाँचजनाको परिवारका सदस्य मिलेर दुई करोडभन्दा बढी रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार रहेका पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि। बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
बचतकर्ताको दुई करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ हिनामिना गरेर फरार रहेका खनाललाई प्रहरीले बिहीवार कैलालीको धनगढीबाट पक्राउ गरेको हो । तेहथुम सोल्मा गा।वि।स। वडा नं। १ जन्म भई पृथ्वीनगर गा।वि।स। वडा नं ६ भई हाल बिर्तामोड नगरपालिका वडा नं ४ मा डेरा गरी बस्ने ४१ वर्षीय रेवती खनाल फरार रहेकोमा बिहीवार जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ गरी शुक्रवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराएको डीएसपी विजय श्रेष्ठले बताए ।
तत्कालीन अध्यक्ष खनाल , उनकी श्रीमती, बहिनी , भाइ र मामा ससुरा गरी पाँचजनाले मिलेर सहकारीको रकम हिनामिना गरेका थिए । २०७८ भदौ २३ गते अपचलन भएपछि पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टंकप्रसाद भेट्वालले २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ विगो कायम गरी उनीहरुमाथि २०७८ कात्तिक १६ गते जाहेरी दिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
तर जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेश भएको थियो । अदालतबाट भने २०७९ मंसिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि तत्कालीन अध्यक्ष खनालकी बहिनी पृथ्वीनगर गा।वि।स। वडा नं। ६ जन्मस्थान भई हाल बिर्तामोड नगरपालिका वडा नं २ स्वर्गद्वारी टोल बस्ने ३६ वर्षीया गोमा खनाल ९भण्डारी० २०७९ कात्तिक २५ गते पक्राउ परेकी थिइन् । अनुसन्धानपश्चात् अदालतको आदेशले १ लाख ५० हजार रुपैयाँ धरौटी राखी उनी तारेखमा छुटेकी थिइन् ।
त्यस्तै खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुईटेल तत्काल फरार रहेकोमा पछि अदालतमा आफै उपस्थित भई ७५ हजार रुपैयाँ धरौटी राखी तारेखमा छुटेका थिए ।
तर खनालकी श्रीमती तेह्रथुम सोल्मा गा।वि।स। वडा नं १ जन्म भई पृथ्वीनगर गा।वि।स। वडा नं ६ मा बस्ने ४४ वर्षीया कमलादेवी भट्टराई ९खनाल० र खनालका भाइ तेहथुम सोल्मा गा.वि.स. वडा नं १ जन्म भई पृथ्वीनगर गा।वि।स। वडा नं ६ मा बस्ने ३६ वर्षीय सिताराम खनाल हालसम्म फरार रहेका छन् । पक्राउ परेका तत्कालीन अध्यक्ष खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।